गण्डकीमा थप एक संक्रमितको मृत्यु, कुल मृतक २६३

काठमाडौं : गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आइतबार पर्वत जिल्ला फलेवास नगरपालिका-५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। संक्रामक तथा सरुवा रोग अस्पताल,पोखरामा उपचारको क्रममा बिहान करिब १० बजे उनको मृत्यु भएको गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए।  उनका अनुसार योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मुत्यु हुनेको संख्या दुई सय ६३ जना पुगेको छ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।