पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार र विपक्षी दलहरु आ–आफ्नै रणनीतिअनुसार संसदीय अंकगणितको जोडघटाउमा लागेका छन् । सोमबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान भइसकेका कारण पनि दुवै पक्षले निर्णायक कदमको तयारी थालेका छन् ।माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा जुटेपछि प्रदेशमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चालाई फकाउन मुख्यमन्त्री गुरुङ लाग