बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा उनकै छिमेकी र स्कुले साथीको संलग्नता रहेको पुष्टि भएको प्रहरीको दाबी छ । यो दाबी सत्य हो कि होइन, अदालतले निर्क्योल गर्दै जाला तर बलात्कारी आफ्नै छिमेकी, सहपाठी, चिनेजानेका र परिवारकै सदस्य तथा आफन्त नै हुन सक्छन् भन्ने कुरा यस घटनाबाट पनि स्थापित भएको छ । ‘बलात्कारीलाई कारबाही गर’ भन्दै ऊ नै सडकमा उफ्रिरहेको हुन सक्छ । भागरथी हत्या प्रकरणमा यही भयो । अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानमा भागरथीकै छिमेकी र एउटै स्कुलमा पढ्ने दिनेश भट्टले उनको बलात्कारपछि हत्या गरे । ...