नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्छ तापनि यिनीहरूको समानता र भिन्नता सम्बन्धमा फरक–फरक दृष्टिकोण राखिएको छ । सन् १९२३ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आदिवासी श्रमिकहरूका अधिकारका बारेमा कुरा उठायो । १९९३ मा संयुक्त राष्ट्रसंघले आदिवासी वर्ष नै मनायो । […]