नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन् । 'माओवादीले यसपटक कांग्रेसलाई मात्र होइन, मतदातालाई पनि धोका दिएको छ,' उनले भने, 'राजनीतिक रुपमा वास्तवमा मतदातालाई ठूलो धोका भएको छ ।'