प्रहरीले जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानबाट २ हजार १ सय ४१ लिटर अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । स्थानीय निर्वाचनमा मदिराका कारण अमानवीय गतिविधि बढ्न नपाओस् भन्दै सुरक्षा व्यवस्था कडा बनाउँदै गएको प्रहरीले अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरेको हो ।