कांग्रेस महाधिवेशन : भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान केन्द्र

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन स्थल सरसफाई

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइएको छ। बुधबार १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौँ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्री केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली नेता […]

कांग्रेस महाधिवेशन : मतदान गर्न देउवा राष्ट्रिय सभा गृहमा

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान शुरू भएको छ । मतदान गर्न प्रधानमन्त्री एवं बहालवाला सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभा गृहमा पुगेका छन् । देउवा प्यानलसहित सभापतिका उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् । बिहान ८ […]

कांग्रेस महाधिवेशन- साढे ३ घण्टा ढिला गरी शुरू भयो मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो ।  सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रद...

कांग्रेस महाधिवेशन : गुटका उम्मेदवारलाई मत माग्दै कार्यकर्ता

काठमाडौं, मंसिर २६ । कांग्रेसको १४ औ महाधिवेशस्थल भृकुटीमण्डप चुनावीमय भएको छ । आ–आफना समर्थकमार्फत भोट माग्ने शैली अलग अलग छन् । कोही युवाको पक्षमा उभिएका छन् त कोही पाका र अनुभवीलाई नसमेटी पार्टी नबन्ने धारणा राख्छन् । गुट उपगुटमा विभाजित उम्मेद्वारको भोट माग्ने क्रममा हुने जम्काभेट थप रोचक हुने गरेको छ । चुनावी प्रचार […]

कांग्रेस महाधिवेशन : भोट माग्दै नेता कार्यकर्ता

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।त्यसपछि आचासहिंता लागू हुने निर्वाचन समितिले जनाएको छ। आचारसंहिताअन्तर्गत मतदानस्थलभन्दा ५०० मिटर वरपर कुनै उम्मेदवारको प्यानल वा भोट माग्ने नियतले पर्चा पम्पलेट वा कसैलाई प्रलोभनमा पार्ने किसिमका गतिविधि गर्न पाइने छैन।तर, भृकुटीमण्डप तथा राष्ट्रियसभा केन्द्रमा विशेष गर

कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा व्यापारको चटारो

काठमाडौं : कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ। कांग्रेसमा भावी केन्द्रीय समितिका विभिन्न पदका आकांक्षी उम्मेदवार यतिबेला उम्मेदवारी दिने क्रममा रहेका छन्। भृकुटीमण्डप क्षेत्र विभिन्न उम्मेदवारहरूले आफ्नो शक्ति प्रदर्शन गर्दै भोट अपिल गरिरहेका छन्।  कांग्रेसका कार्यकर्ता र प्रतिनिधिहरूले भरिएका भृकुटीमण्डप क्षेत्रमा व्यापारी भने व्यापार गर्नमा व्यस्त रहेका छन्। यसक्षेत्र वरिपरि पानीपुरी, बदाम, फलफूल,पुस्तकदेखि कोटका व्यापारीलाई भ्याईनभ्याई भएको छ। अन्य समयमा भन्दा अ

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगे प्रचण्ड र माधव नेपाल, ओली अझै पुगेनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् । कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रचण्ड र नेपालका अलावा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू भृकुटीमण्डप पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको कांग्रेसले जनाएको छ । ओली भने अहिलेसम्म पुगेका छैनन् ।

कांग्रेस महाधिवेशन उद्घाटन समारोहअघि भृकुटीमण्डपका दृश्य [फोटो फिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा शुरू हुँदैछ । नेता, कार्यकर्ताहरूले महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप भरिएको छ ।  महाधिवेशनको उद्घाटन समारोहका लागि भृकुटीमण्डप क्षेत्रलाई सिँगारिएको छ ।​ स्वागतद्वार, प्रवेशद्वार, मञ्च र कार्यक्रम स्थललाई कांग्रेसमय बनाइएको छ । नाचगान पनि चलिरहेको छ ।  महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्नेछ ।

कांग्रेस महाधिवेशन– ३ ठाउँबाट मतदान हुने, यस्तो छ भोट दिने व्यवस्था

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  तीन ठाउँमा व्यवस्थित ढंगले मतदानको व्यवस्था गरिएको उनले बताए । मतदाता (महाधिवेशन प्रतिनिधि)ले शुरूमा सभापतिको लागि भोट हाल्ने छन् ।  सभापतिको भोट बाकसमा खसालेपछि उपसभापति र त्यसपछि क्रमशः महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको लागि मतदान गर्...