नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे ।यस्तै, २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर २.१ थियो । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रत