बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्व मूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्ण

सम्बन्धित सामग्री

४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभूत विद्यालयको भवन निर्माण भएको छ।...

४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभूत विद्यालयको भवन निर्माण भएको छ।...

नेपाली सेनाद्वारा विद्यालयमा घेराबार

बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाइदिएको छ।

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...

गोरखाको बारपाक सुलिकोट-१ मा कांगेसको प्यानल नै विजयी

३१ वैशाख, गोरखा । बारपाक सुलिकोट गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले प्यानलसहित विजयी भएका छन् । कुल खसेको मतमध्ये ३६४ मत ल्याएर उनी विजयी भएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत ल्याए ।

गोरखाका ११ ओटा स्थानीय तहमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

असार २६, गोरखा । गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ ।  स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएको १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ । संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र शहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५ दशमलव ५ प्रतिशत र शहिद लखनले ६० दशमलव २५ अंक ल्याएका छन् ।  कार्यविधिअनुसार गाउँपालिका र नगरपालिकाका सबल र दुर्बल पक्षहरुको पहिचान र समीक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्यांकन गर्ने गर्दछन् । नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्यांकन गर्न कार्यविधिले सघाउने सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बताए ।  शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहरुले नम्बर प्राप्त गर्दछन् ।  जिल्लाका ११ ओटा स्थानीय तहमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया शुरु गरेको जानकारी दिएको छ । रासस

गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो

१९ असार, गोरखा । गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ । गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति […]

दरौंदीको बाढीले बगायो बारपाक जोड्ने पुल

गए राती आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।

बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रबार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ ।...

बारपाकमा एकैघरका तीनजना मृत भेटिए

गोरखाको बारपाक सुलिकोट गाउँपालिका– १ स्थित बारपाकका एकैघरका तीनजना मृत फेला परेका छन् । ८४ वर्षीय तिलबहादुर गुरुङ, तिलबहादुरकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङको...