काठमाडौँ : प्रेस काउन्सिल नेपालले विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने गुनासा बढेको भन्दै त्यसविरुद्ध उजुरी दिन अपिल गरेको छ।प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार प्रेस विज्ञप्ति जारी गरेर तथ्यहीन सामग्री प्रकाशन/प्रसारण भएमा प्रमाणसहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन अनुरोध गरेका छन्।कतिपय सञ्चारमाध्यम तथा सम्बद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेम