मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग

२७ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो । ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र […]

सम्बन्धित सामग्री

यसकारण मत सर्वेक्षण गर्न पाइँदैन

आउँदाे चुनावका लागि लागू गरिएको आचारसंहिताकाे विषय अहिले विवादित बनेको छ । चुनावलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहिताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै विरोध पनि हुन थालेको छ । निर्वाचन आयोग किन कठोर बन्दैछ ? निषेधात्मक व्यवस्था किन गर्दैछ भन्ने विषयमा आचारसंहिताको विषय हेर्नुहुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गरिएकाे कुराकानी ।   निर्वाचन आयोगले आचारसंहिताको अनुगमन कसरी गरिरहेको छ ? निर्वाचन आयोगको कामलाई कसरी हेर्नुपर्छ भने एउटा चुनावकाे व्यवस्था...

मत सर्वेक्षण गरे कारबाही : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने जनाएको छ।आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन्।निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट

आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन् ।