नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन । माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदीप)का अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट)लाई