सुदूरपश्चिममा कोरोना संक्रमित बढ्न थाले, ओमिक्रोनको आशंकामा परीक्षण गर्न काठमाडौं पठाउन थालियो

२१ मंसिर, धनगढी । कोरोना भाइरसबाट संक्रमित विरामीहरुको नमूना परीक्षण गर्न सुदूरपश्चिमबाट काठमाडौं पठाउन थालिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आशंकामा नमूना परीक्षण गर्न काठमाडौं पठाउन थालिएको हो । संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो की होइन भन्ने पत्ता लगाउने व्यवस्था काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा मात्रै भएकाले नमूनाहरु काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ […]