काठमाडौं : सरकारले अघि बढाएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ प्रमाणीकरण हुनेमा आशंका बढ्दो छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १५ बुँदे सुझाव सहित साउन २९ गते फिर्ता पठाएको विधेयक सरकारले फेरि जस्ताको तस्तै अघि बढाएपछि अलपत्र हुने देखिएको हो। प्रतिनिधिसभाको कार्यकाल अन्तिम अवस्थामा पुगेका वेला सरकार र राष्ट्रपतिको कुरा बाझिएपछि अल्झने संकेत देखिएको हो। दुवै सदनबाट पारित गरेको गत साउन १४ गते प्रमाणीकरणका लागि पठाएको विधेयक फिर्