साहित्य लेखनको यात्राम अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ छु । मेरो जन्म सन् १९४६ जुलाई २ मा भारतको लखनउमा आमा देवी तथा बुवा गम्भीरसिंहको कोखबाट भएको हो । मेरो औपचारिक शिक्षा स्नातकसम्म रहेकोमा शास्त्रीय सङ्गीतमा डिप्लोमा गरेकी छु । भारतमा शिक्षादीक्षा लिएर नेपालका विभिन्न विद्यालयमा अध्यापन गराएँ ।भारतको सिलोङमै गीत लेख्न थालेकी थिएँ । एसएलसी दिँदा सायद १८ वर्षकी थिएँ होला । त्यही समयदेखि मेरो सक्रिय साहित्यिक यात्राको सुरुवात भयो । केही त्यस्ता असल मान्छे भेटेँ जो मेरो साहित्य सिर्जनाको