मर्स्याङ्दी करिडोर अन्तर्गत उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको काम सुस्त

लमजुङ - लमजुङमा मर्स्याङ्दी करिडोर अन्तर्गत बन्दै गरेको २ सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सुस्त देखिएको छ । जेठमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै आयोजना निर्माणको काम अगाडि बढेको हो । अझै ४० प्रतिशत काम बाँकी छ ।  विभिन्न प्राविधिक कारणले गर्दा आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका उदिपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले बताउनुभयो । ७६ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्...