सुदूरपूर्व पाँचथरमा निर्वाचनको चहलपहल बढिरहेको छ । तर, सत्ता गठबन्धन दलमा भने सिट बाँडफाँटको सकस देखिन्छ । माओवादी प्रतिनिधि सभा निर्वाचन क्षेत्र कांग्रेसलाई दिएर दुबै प्रदेशसभा निर्वाचन क्षेत्र आफूले लिने दाउमा छ । त्यसो भएमा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे उम्मेदवार हुन सक्छन् । उनी तत्कालीन वाम गठबन्धनबाट २०७४ सालमा पराजित भएका थिए । उता माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि प्रतिनिधि सभामा उठ्ने मुडमा छ