काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले सामान्य नागरिकले शेयर बजारमा गरेको लगानी डुब्न नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले झन्डै ३७ लाखले शेयर बजारमा कारोबार गरिरहेको भन्दै सामान्य नागरिकको लगानी डुब्न नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको हो । अर्थ मन्त्री शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा विपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने...