खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन निर्देशन दिएका छन् । मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने र नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन समेत दिए । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न निर्देशन दिए ।  त्यस्तै उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर