‘गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन ! गोजीमा सुक्खा लागेको बेला दशैँको काम छैन.....।’ भनेर गीत गाउन त हुन्थ्यो । तर के गर्नु दशैँ त अरूलाई देखाउनका लागि पनि मनाएजस्तो गर्नैपर्छ ।दराजभरी पैसै पैसाको खात हुँदासमेत दशैँ खर्च जुटाउन धौधौ हुन्छ भने सुकै नभएको बेला कसरी मनाउने त दशैँ ? अष्टमीदेखि पूर्णिमासम्मलाई पुग्ने मासु, टीकाटालो गरेर दिनुपर्ने दक्षिणा, जहान परिवारलाई नयाँ कपडा, ओहोरदोहोर गर्न गाडीभाडा, साथीभाइसँग खेलबाड, रमाइलो, के के हो के के ! बिहान खाएपछि बेलुका के खाने भनेर टाउकोमा हात राख्नुप...
दाङ : लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ। केही दिन अघि दशैँ खर्चको जोहो गर्न आएका उनीहरूलाई प्रदेश सरकारले २५ हजार उपलब्ध गराएको हो। मंगलबार मन्त्रालयमा बोलाएर दशैँ खर्च उपलब्ध गराइएको हो।अर्थमन्त्री धनबहादुर मास्कीले राउटेहरूलाई सरकारको तर्फबाट दशैँ खर्च बापत २५ हजार रूपैयाँ उपलब्ध गराएका थिए।दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई मन्त्री मास्कीले उक्त पैसा हस्तान्तरण गरेका थिए। सरकारले दिएको पैसा सही सद
दाङ : दशैँ खर्चको जोहो गर्न दैलेखबाट राउटे समुदायका ३ जना व्यक्ति लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी आइपुगेका छन्।उनीहरु मुख्यमन्त्री तथा मन्त्रीहरूलाई भेट्न दाङ आएका आइपुगेका हुन्। राउटेका अगुवा लालबहादुर शाहीसहित बिर्ख शाही र जीवन शाही बस चढेर मंगलबार देउखुरी आइपुगेका हुन्।दशैँ खर्चको जोहो गर्न आफूहरू दाङ आएको लालबहादुरले बताए। ‘मुख्यमन्त्री छैनन् रे, भेट्न पाएनौँ। भोलि आउँछन् रे,‘ उनले भने।उनका अनुसार दशैँ खर्चको लागि सहयोग माग्न आएको र पाएको त्यो सह
विगतका वर्षमा जस्तै यस वर्ष पनि कैदी बन्दीको दशैँ खर्च तीन सय रुपियाँ छ । विभिन्न सेवा सुविधा वापतको रकम कम भएको भन्दै बढाउनुपर्ने माग उठे पनि दशैँ खर्च यथावत छ । बन्दी जिवन विताइरहेकाहरुले मिलिजुलि दशैँ मनाउँदै छन् ।
लमजुङ– लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । दशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालकीभित्र रहेको तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ […]
बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दशैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्याउन भ्याइनभ्याई हुन्थ्यो।उनले माटो गाउँलेका घरमा पुर्याइदिए बापत दशैँ खर्च पाउँथिन्। तर, दुई वर्ष यता उनलाई दशैँ खर्च जोहो गर्न मुस्किल भईरहेको छ। गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके।घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विकले अहिले पेशा परिवर्तन गर्ने सोचाइमा छिन्। &
विगत १४ वर्षदेखि बन्दी जीवन बिताइरहेकाहरुले तीन सय रूपियाँमा दशैँ मनाउन वाध्य हुने भएका छन् । यो वर्ष पनि सरकारले तीन सयको दरले बन्दीहरुलाई दशैँ खर्च दिएको छ । यस वर्षको दशैँ नजिकिएसँगै घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत चाडपर्वको रमझम देखिए पनि आर्थिक अभाव भने देखिने भएको हो ।
काठमाडौं : डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन्।
सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही पाँच हजार रुपैयाँ