काठमाडौं (अस) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दतीअन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुणा रकम पाउनेछन् । १ को ५ धमाका मुद्दतीअन्तर्गत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको ५ गुणा रकम पाउनेछन् ।
विशेषगरी साना बालबालिकालाई लक्षित गरी ल्याइएको योजनाले भविष्यमा शिक्षाका लागि आवश्यक ठूलो रकमको जोहो गर्न मद्दत गर्ने बैंकले बताएको छ । दुवै योजनाका लागि न्यूनतम रकम २५ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।
यस्तै, अन्य बचत तथा मुद्दती योजना एक्सेल मुद्दती खातामा ११.६५ प्रतिशत, एक्सेल रेमिट मुद्दती खातामा १२.६५ प्रतिशत, बचत खातामा ८.०५ प्रतिशतसम्म र रेमिट बचत खातामा ९.०५ प्रतिशत वार्षिक ब्याजदर प्राप्त हुने खाता सञ्चालनमा रहेको बैंकले बताएको छ ।