डोटी – सडक निर्माण गरिएको वर्षाैँपछि डोटीका शाखा सडक अहिले धमाधम कालोपत्र गर्न थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र हुन लागेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार डोटीमा ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सा...