खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत साता कर्णालीमा उत्पादन हुने झण्डै १९ हजार ४ सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने गरी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता गरेको छ । खाद्यले रैथाने बालीको संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) समेत स्थापना गर्ने गरी सम्झौता गरेको हो ।