उत्तर कोरियाले फेरि जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। नेपाली समयअनुसार बिहीबार राति राजधानी प्योङयाङबाट पूर्व दिशामा जापानी आकाशमा क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरिया र जापान सरकारले पुष्टि गरेको छ। दक्षिण कोरियाले जनाएअनुसार उक्त क्षेप्यास्त्र करिब ७७० किलोमिटर उचाइमा थियो र यसले कुल ३७०० किलोमिटर दूरी पार गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ। तीन साताअघि मात्रै उत्तरले…