नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो।
पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना महिला छन्। उत्तर प्रदेशमा…