काठमाडौं । नेकपा एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्र ल्याउने भएको छ । मस्यौदा लेखनको काम अन्तिम चरणमा पु¥याएको सो पार्टीले तिहारपछि मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको एमाले नेताहरुको भनाइ छ ।‘शुक्रबारबाट तिहार सुरु हुन्छ, त्यसअघि घोषणापत्र सार्वजनिक गरेर अर्थ छैन, त्यही भएर तिहारपछि मात्रै सार्वजनिक गर्ने तयारी भएको छ’, एमाले घोषणापत्र मस्यौदा कमिटीका एक नेताले भने, ‘तिहारप