विद्युतीय वालेटबाट अब ५० हजार रुपैयाँसम्म पठाउन पाइने

अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न पाइने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८’ जारी गर्दै विद्युुतीय माध्यमबाट हुने रकमान्तर तथा भुक्तानी सीमा बढाएको हो ।विद्युतीय वालेटमा यसअघि ओभरनाइट २५ हजार रुपैयाँभन्दा धेरै रकम मौज्दात राख्न नपाइने व्यवस्था थियो