कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो ।
निर्जीवन बिमा कम्पनीहरूले मंगलबारदेखि कोरोना बिमा दाबी रकम भुक्तानी गर्ने भएका छन् । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक संघले जनाएको छ । संघका अनुसार...
उच्च अदालत विराटनगरले कोरोना बिमा दाबी भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीको नाममा परमादेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको बिमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै...
मोरङ – विराटनगरस्थित उच्च अदालतले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ। अदालतका सूचना अधिकारी ओम सुवेदीले कोरोना बिमाको रकम भुक्तानीबारे बिमा कम्पनीको नाममा सोमबार परमादेश गरेको हो। सूचना अधिकारी सुवेदीले अदालतका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले बिमाको रकम भुक्तानी गर्न परमादेश गरेको हो। गत वर्ष […]
कोरोना बिमा वापतको रकम भुक्तानी तत्काल गर्न उच्च अदालत विराटनगरले अजोड इन्स्योरेन्स कम्पनीका नाममा आदेश (फैसला) जारी गरेको छ । कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो ।३१ जना पत्रकारको बिमा भुक्तानी नभएको भन्दै पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको विषयमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र जगतनारायण प्
सम्झौता अनुसार कोरोना बिमा रकम भुक्तानी माग गर्दै मोरङका पत्रकारहरुले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन्। कोरोना बिमा गरेका मोरङका पत्रकारहरुले सम्झौता अनुसारको रकम भुक्त्तानी नपाएपछि सोमबार नेपाल पत्रकार महासंघ...
४ भदौ, काठमाडौं । कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ । बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकराले भुक्तानी दिनु […]
१३ वैशाख, काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् । उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी […]