भैँसी चराउन जाँदा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु

चितवन । भैँसी चराउन गएका माडी नगरपालिका-२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैँसी चराउन गई घर फर्किँदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो । प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जङ्गलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय […]