बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा पूर्वसांसद थापाको निधन

पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो । पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए। स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा (एमाले)बाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गरेका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २