भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको अवस्था फेरि नाजुक बन्दै गएको छ । बुधवार रातिदेखि उनलाई बारम्बार समस्या देखिएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको पाएका छन् । उनका जेठा भाइ सीपी श्रीवास्तवले भने, ‘मस्तिष्क सुन्निएको कारण पानी भेटिएको छ । चिकित्सकहरुले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।’श्रीवास्तवको अवस्था बिग्रिएपछि परिवारका सदस्य र धेरै आफन्तहरू दिल्ली एम्स पुगेका छन् । अर्का कमेडियन सुनिल पालले भावुक हुँदै पोष्ट गरे