संयुक्त राष्ट्रसङ्घ : गाजामा स्थिति प्रतिघण्टा बिग्रँदै, विस्थापनले नागरिक सुरक्षा सुनिश्चित गर्दैन

काठमाडौं। संयुक्त राष्ट्रसङ्घले गाजाको स्थिति प्रत्येक घण्टा बिग्रँदै गएको चेतावनी दिँदै नागरिकहरूको तत्काल सुरक्षाका लागि आह्वान दोहो¥याएको छ । यसले विस्थापन आदेशले कब्जा गर्ने पक्ष, विशेष गरी इजरायललाई नागरिक सुरक्षा गर्ने जिम्मेवारीबाट मुक्त नगर्ने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार, गाजाको अल–रान्तिसी बाल अस्पताल दुई दिनअघि भएको हवाई […]