दमौली । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो […]