जनकपुरधाम – भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गले जोड्ने भएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ । नेपाल र भारतका दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार तथा स्थानीय अर्थतन्त्रको विकासमा नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ । नेपालका […]