भिजिट भिसाको ६ बुँदे प्रावधान खारेज, अब स्वः घोषणा गरे पुग्ने

सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि लागू गरिएको ६ बुँदे झन्झटिलो प्रावधान खारेज गरेको छ। अब विदेश भ्रमणमा जाने व्यक्तिले स्वः घोषणा गरेकै आधारमा प्रस्थान अनुमति पाउने भएका छन्।