‘रास्वपा दुवै सदनमा छुट्टाछुट्टै दुई तिहाइ जुटाउने पक्षमा छ’ : सांसद आचार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद मोहनलाल आचार्यले संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै दुई तिहाइ बहुमत जुटाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन्। काठमाडौँमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक कार्यक्रममा आचार्यले दुवै सदनको मत जोडेर दुई तिहाइ पुर्‍याउने उद्देश्य रास्वपाले नराखेको दाबी गरेका हुन्। […]