विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २-१ को पुनरागमन जित हात पारेको छ । मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अङ्क जोडेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक […]