काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ। एमालेको मुख्यालय च्यासलमा मंगलबार अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताउनुभएको हो। सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन […]