झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ। सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ। झापा क्षेत्र नं–३ मा १७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगको तथ्याङ्कअनुसार झापा–३ मा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन्। […]