माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति
नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।
काठमाडौं, १३ असोज । कांग्रेस मधेस प्रदेशका महामन्त्री नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गरेका छन् । उक्त समितीमा २९ सदस्यीय […]
काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन […]
नेकपा माओवादी केन्द्रले आगामी आमनिर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा चुनावी घोषणापत्रबारे छलफल हुने पौडेलले बताए। कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति बनाएको छ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई आज बैठकमा छलफल गरी अन्तिम रुप दिइनेछ। यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका
काठमाडौँ । नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए । पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग […]