किभ–रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो । रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ । त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूलो क्षति सामना गरे