दोस्रो तहका नेताहरूको आग्रहपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
संस्थापनइतर प्यानलबाट सभापतिको साझा उम्मेदवार नबनेको अवस्थामा आफू महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने अडान पौडेलले राखेका थिए ।
मंगलवार साँझ आफूपक्षीय नेताहरूको बैठकमा पनि उनले कृष्णप्रसाद भट्टराई जस्तै आफू पनि कांग्रेसबाट अलग हुने अवस्था आउन लागेको बताएका थिए ।
पौडेल महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने अडान लिएपछि रक्षामन्त्री मीनेन्द्र रिजाल, न...