गाजाबाजा, चियावाला र गणेशदेव पाण्डे

काठमाडौं : नयाँ बानेश्वरबाट तीनकुने नपुग्दै बागमती तर्ने पुल आउँछ। पुल नतरी दाहिनेतिर बागमतीको छेवैछेउ अलिकति हिँड्ने हो भने आउँछ- चियावाला। चियावालामा पुगेपछि के पिउने? पक्कै पनि चिया पिउने।तर कुन चिया पिउने? यहाँ तपाईंले सोचे र सुनेभन्दा धेरै थरी चिया पाइन्छ।चियावाला गणेशदेव पाण्डेका अनुसार यहाँ अनगिन्ती स्वादका चिया पाइन्छन्।उनी भन्छन्, 'मेनुमा भएका चाहिँ ९० देखि सय जति होलान्। तर ती हरेक चियाबाट अर्को स्वादको चिया बनिरहेको हुन्छ। जसरी एउटा रागबाट सयौँ गीत बन्छन्।'