अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायत आवेदनमा शुल्क बढाइदै, कमेन्ट अवधि मार्च १३ सम्म थप

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउदैछ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएकोमा मार्च ६ सम्मका लागि कमेन्ट अवधि तोकिएको थियो । अब कमेन्ट अवधि बढाएर मार्च १३ सम्म बनाइएको छ । फरबरी १४ मा वेवसाइटमा प्राविधिक समस्या हुँदा कैयनले झण्डै […]

सम्बन्धित सामग्री

बालबालिकाले अमेरिकी नागरिकता लिने प्रावधानबारे नीति अपडेट, जान्नैपर्ने ८ बुँदा

युएससीआईएसले बालबालिकाले अमेरिकी नागरिकता कसरी लिने भन्ने प्रावधानबारे नीति अपडेट गरेको छ । यी परिवर्तनहरू सार्वजनिक प्रतिक्रिया, भर्खरको सर्वोच्च अदालतको निर्णय र विद्यमान नीतिहरूमा थप स्पष्टीकरणको आवश्यकताका कारण गरिएको युएससीआईएसले जनाएको छ । आप्रवासन र राष्ट्रियता ऐनले निश्चित परिस्थितिहरूमा अमेरिकी नागरिकका अमेरिका बाहिर जन्मेका छोराछोरीहरूले अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ। अमेरिकी नागरिकका अमेरिकाबाहिर […]

आवेदन भर्दा ढाँटेका कारण २५ बर्षका रुबेनको अमेरिकी नागरिकता खारेज, जेल सजाय थप

अमेरिकी नागरिकताको आवेदन दिंदा सोधिने प्रश्नमा जवाफ ढाँटेका कारण २५ बर्षका रुबेन रोजाको अमेरिकी नागरिकता खारेज भएको छ । उनले अमेरिकी जेलमा थप समय बस्नुपर्ने भएको छ भने सजाय काटेपछि अमेरिकाबाट देशनिकालामा पर्ने भएका छन् । मेक्सिकोमा जन्मिएका उनी अमेरिकाको फ्लोरिडामा रहेको ली काउन्टीमा बस्दै आएका थिए । उनले सन् २०१६ मा अमेरिकी नागरिकताका लागि […]