लुम्बिनी प्रदेश सभामा दर्ता भएको सञ्चारमाध्यम सम्बन्धी विधेयकमा प्रेस काउन्सिलको असहमति, प्रावधान खारेज गर्न माग

प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेश सरकारले हालै प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति असहमति जनाएको छ । शुक्रवार विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले विधेयकमा प्रस्तावित प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलको प्रावधान रहेको जनाएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘लुम्बिनी प्रदेशसभामा दर्ता भएको विधेयकभित्र आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा, अधिकांश मन्त्रालयका सचिवहरू सदस्य रहने ...