तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सांसद सिग्देलले आज आयोजनाको कार्यालयमा पुगेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिए । जिल्लाको समृद्धिसँग गाँसिएको आयोजनाको काम समयमा नै सम्पन्न नहुने भएपछि सांसद सिग्देलले कामलाई तीव्रता दिन अनुरोध गरेका छन् ।आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्ग