महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा, चोटका कारण कप्तान नगरकोटी टिम बाहिर

काठमाण्डाै – महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले टीमको घोषणा गरेको छ ।  मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् । चोटका कारण नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पुजा राना टीममा परेका छैनन् । अमिषा कार्की, समीक्षा घिमिरे र दीपा शाही भने पहिलोपटक टीममा परेका छन् । नेपाली टोलीको गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । डिफेन्डरमा हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना...

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप : १५ वर्षमुनिको टोली आज बंगलादेश जाने

काठमाडौं : १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बंगलादेश जाँदैछ। बंगलादेशजाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। बंगलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छिन्।

साफ च्याम्पियनसिपका लागि १५ वर्ष मुनिको महिला टोलीको घोषणा

काठमाण्डाै – १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले हिजो २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिन् । १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप बंगलादेशमा आउँदो नोभेम्बर १ देखि १२ तारिखसम्म हुनेछ । टोलीमा छनाेट भएका खेलाडीलाई दिइएकाे जिम्मेवारी यस्ताे छ : गोलकिपर : राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल डिफेन्डर : सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही मिडफिल्डर : ...