जनता समाजवादी पार्टीका प्रमुख सचेतक पाण्डे, यादव र कल्पना पाण्डे लुम्बिनी प्रदेश सरकार बनेदेखि नै मन्त्री बन्ने प्रयासमा थिए । नेकपा विवादले मुख्यमन्त्री अल्पमतमा पर्न थालेपछि जसपा निर्णायक बन्यो । त्यसको फाइदा लिन पाण्डेद्वय र यादव मुख्यमन्त्रीसँग नियमित छलफलमा थिए ।
स्रोतका अनुसार आइतबारै मन्त्रालयको समेत टुंगो लागेको थियो । केन्द्रमा जस्तोसुकै निर्णय भए पनि प्रदेशमा पार्टी निर्णयका लागि स्वायत्त रहेको प्रमुख सचेतक पाण्डेले बताउँदै आएका थिए । ‘केन्द्रमा जे निर्णय भए पनि प्रदेश त्यो मान्न बाध्य नहुने’ उनको भनाइले म...