काठमाडौँ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी)को भर्ना खुलेसँगै युवाहरू फारम भर्न लागिपरेका छन्। शुक्रबार बिहानैबाट भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा फारम भर्ने युवाहरूको लामो ताँती लागेको छ। यसपटकको निर्वाचनमा एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ। देशभरका जिल्ला प्रहरी कार्यालयबाट सार्वजनिक बिदाको दिनसमेत […]
राष्ट्रिय लिग २०८२ को तयारीका क्रममा राष्ट्रिय क्लब लाइसेन्सका सम्पूर्ण मापदण्डहरू पूरा गरेका सातवटा फुटबल क्लबहरूले 'राष्ट्रिय लाइसेन्स' प्राप्त गरेका छन्।
काठमाडौँ। विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि सार्वजनिक प्रदर्शन भएको छ। उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको उक्त वृतचित्रमा स्व थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई समावेश गरिएको छ। स्व थापाका शुभेच्छुकहरूबाट रकम सङ्कलन गरेर तयार गरिएको […]