नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गरेका छन् ।
बर्दियाको गुलरियामा आइतवार आयोजित बृहत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए ।
नेपालमा पटक–पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।
नेकपा (नेकपा) बर्दियाका अध्यक्ष भुवन...